मुद्धा दर्ता भएसगै कहाँ छिन सांसद गीता बस्नेत ?

90Shares
मुद्धा दर्ता भएसगै कहाँ छिन सांसद गीता बस्नेत ?

२१ जेठ काठमान्डौ । राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेका अनुसार सहकारीको रकम हिनामिना र ठगी शीर्षकमा उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।सर्वसाधारणले बचत गरेको रकम हिनामिना गर्ने सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मा, व्यवस्थापक योगेन्द्र पाण्डे, पूर्वसचिव नगेन्द्रबहादुर रिमाल, राप्रपाकी संघीय सांसद बस्नेतसहित ३५ जनालाई विपक्षी बनाइएको छ ।सांसद बस्नेतका ज्वाइँ नगेन्द्र रिमालले बिना धितो ९६ लाख रुपैयाँ बर्दियाको गुलरियामा रहेको कृष्णसार रिर्सोटमा लगेर लगानी गरेका हुन् । त्यसको अध्यक्ष गीता बस्नेत भएका कारण उनीविरुद्ध सहकारीको रकम हिनामिना र ठगी अपराधमा मुद्दा दर्ता भएको हो । सहकारीका शेयर सदस्य र नियमित बचतकर्ता बाहेक अन्य व्यक्तिलाई ऋण दिन नपाइने सहकारी ऐनमा व्यवस्था छ । हाल गिता वस्नेत सम्पर्क विहिन रहेको बताइएको छ । स्रोतका अनुसार वस्नेत भारतमा लुकेको हुन सक्ने बताइएको छ ।