टी २० विश्वकपः नामिबियालाई ११० रनको लक्ष्य

48Shares
टी २० विश्वकपः नामिबियालाई ११० रनको लक्ष्य

२१ जेठ काठमान्डौ । आइसिसी टी २० विश्वकपमा नामिबियाले ओमानलाई १०९ रनमा अल आउट गरेको छ।सोमबार बिहान जारी खेलमा पहिले ब्याटिङ गरेको ओमान १९।४ ओभरमा सबै विकेट गुमाएर १०९ रनमा समेटिएको हो।ओमानलाई सामान्य योगफलमा समेट्न नामिबियाका रूबेन ट्रम्पलम्यानले ४ विकेट लिए।डेविड विसाले ३, गेहार्ड इरास्मस २ र बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए।ओमानका खालिद कैलले ३९ बलमा १ चौका र १ छक्का प्रहार गरी ३४ रन बनाए।जवाफी ब्याटिङ गरिरहेको नामिबियाले पहिलो विकेट गुमाइसकेको छ।