अलग भए मलाइका अरोरा र अर्जुन कपुर

765Shares
अलग भए मलाइका अरोरा र अर्जुन कपुर

२१ जेठ काठमाडौं । बलिउड प्रेम जोडी मलाइका अरोरा र अर्जुन कपुर अलग भएका छन् । उमेर अन्तर भएपनि उदाहरणीय जोडीको रुपमा चर्चित उनीहरुले ‘सम्मानजनक’ ढंगले प्रेम सम्बन्ध टुंग्याएको स्रोतलाई उद्धृत गर्दै बलिउड पोर्टल पिंकभिल्लाले जनाएको छ ।स्रोतले भन्यो, ‘मलाइका र अर्जुनको धेरै विशेष सम्बन्ध थियो र दुवैले एकअर्काको हृदयमा विशेष स्थान राख्नेछन् । उनीहरूले अलग हुने बाटो रोजेका छन् । यस विषयमा मर्यादित मौनता कायम राख्नेछन् । अलग हुने निर्णय गरे पनि उनीहरूले एकअर्कालाई समान सम्मान दिनेछन् ।’अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि सुरु भयो, जब उनीहरु एकसाथ एक फेसन शोमा सँगै देखिए । मलाइकाको ४५ औं जन्मदिनमा उनीहरुले सम्बन्धलाई सार्वजनिक गरे । त्यसपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थाले । ‘कफी विथ करण’मा अर्जुनले प्रेम जीवनलाई नयाँ योजनामा लैजानेबारे कुरा गरेका थिए ।