केजरीवाल तिहाड जेलमा फर्किए

18Shares
केजरीवाल तिहाड जेलमा फर्किए

२१ जेठ, काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किएका छन् ।
भारतको सर्वोच्च अदालतले १० मेमा केजरीवाललाई लोकसभा निर्वाचनका लागि अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो ।२१ दिनका लागि बाहिर रहेका केजरीवाल आइतबार तिहाड जेल फर्किएको एनडीटीभीले उल्लेख गरेको छ ।उनले भनेका छन्, ‘मलाई २१ दिनको लागि सर्वोच्च अदालतले बाहिर रहन अनुमति दिएको थियो । यो समय अविष्मरणीय रह्यो । मैले देशका लागि अभियान चलाएँ । पहिला देश अगाडि आउँछ, अनिमात्रै आम आदमी पार्टी ।’पुनः जेल जानुअघि केजरीवालले केही समाचार संस्थाले प्रकाशन गर्दै आएको चुनावी प्रक्षेपण गलत भएको प्रतिक्रिया दिएका छन् ।जेल जानुअघि उनी महात्मा गान्धीको समाधिस्थल र हनुमान मन्दिर पुगेका थिए ।केजरीवाललाई मदिरासम्बन्धी नीतिमा अनियमितता गरेको अभियोगमा ईडीले २१ मार्चमा पक्राउ गरेको थियो ।