२० जेठ सल्यान । सल्यानमा कुखुराको मासु खाँदा चार जना बिरामी परेका छन्।सल्यानको कपुरकोट गाउँपालिका ५ का राम बहादुर विकको घरमा शनिबार मासु खाएर चार जना बिरामी भएको प्रहरीले जानकारी दिएको छ। मासु खएर बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि अस्प्ताल लगिएको थियो। विहान कुखुराको मासु खाइसकेपछि उनीहरू बेहोस भएको प्रहरीको भनाइ छ।एकै परिवारका २ जना र छिमेकी २ जना गरी ४ जना बिरामी परेक हुन्। मासु खाएर बिरामी भएका चारै जनाको तुल्सीपुरमा उपचार भइरहेको छ।