पर्यटन विकासका लागी सोचमा परिवर्तन आवश्यक : मन्त्री बस्नेत

54Shares
पर्यटन विकासका लागी सोचमा  परिवर्तन आवश्यक : मन्त्री बस्नेत

१९ जेठ बर्दिया । प्रदेश सरकारले यस पटक पर्यटन विकासका नाममा टोल टोलमा रहेका साना मन्दिर निर्माण गर्न बजेट विनियोजन नगर्ने लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले बताउनु भएको छ ।होटल संघ बर्दिया च्याप्टरको आयोजनामा बर्दियामा पर्यटन प्रवर्द्धन अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पर्यटनको परिभाषा पर्यटन नियमावलीमा मात्र हैन सोचमा पनि परिवर्तन हुनु पर्ने आवश्यकता रहेको बताउदै प्रदेश सरकारले यस पटक पर्यटन विकासका नाममा टोल टोलमा रहेका साना मन्दिर निर्माण गर्न बजेट विनियोजन नगर्ने नीति लिएको बताए । साथै उहाले पर्यटन विकास गर्न लुम्बिनी प्रदेश सरकारका सम्पूर्ण मन्त्रालयले समस्टिगत योजना बनाउदै अघि बढ्न लागेको बताउनु भयो ।

होटल संघ बर्दियाका बर्दिया च्याप्टरका अध्यक्ष मोहन चौधरीले बर्दियामा पर्यटन प्रवर्द्धनको अवसर र चुनौतीको समेटेर प्रस्तुस्तीकरण गर्दै नेपालका अहिले मुख्य पर्यटक भारतीय भएकाले लुम्बिनी प्रदेशले नजिकमा रहेका ठुला भारतीय सहरहरुमा पर्यटन प्रवर्द्धनात्मकका कार्यक्रमहरु गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । अध्यक्ष चौधरीले पर्यटन व्यवसाय दर्तालाई पनि थप सहजीकरण गर्नु पर्ने आवश्यकता पनि रहेको बताउनु भयो । कार्यक्रममा बोल्नु हुदैँ लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री धर्म बहादुर चौधरीले पर्यटन विकासका निम्ति सडक संजाल, खानेपानी, विजुली सबैको उत्तिकै महत्व रहेको बताउदै यस पटक लुम्बिनी प्रदेश सरकार सोहि तरिकाले अघि बढ्न लागेको बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा कुश्मा थारु,लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव उमेश ढुंगानाको समेत उपस्थिति रहेको कार्यक्रममा बर्दिया क्षेत्रमा क्रियाशील रहेका पर्यटन व्यवसायी, राजनीतिक दलका, राष्ट्रिय प्रकृति संरक्षण कोष, ठाकुरद्वारा नगरपालिकाबाट सहभागिता रहेको थियो ।