१८ जेठ, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत् सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युतको माग बढी भएकाले ओभरलोड हुँदा विद्युत् अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगञ्ज विद्युत् वितरण केन्द्रले जनाएको छ ।केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युतसँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर वितरण केन्द्रले तदारुकताका साथ तत्काल समस्या समाधानको पहल गरिरहेको बताए । उनले विद्युत् अनियमित हुन नदिन वितरण केन्द्रले चारवटा ‘सर्किट’ मार्फत विद्युत् आपूर्ति गरिरहेको उनले जानकारी दिए।