आउट ल असोज ३ देखि प्रदर्शनमा आउने

42Shares
आउट ल असोज ३ देखि प्रदर्शनमा आउने

१८ जेठ काठमान्डौ । अभिनेता सुशील श्रेष्ठ अभिनीत फिल्म आउट लः दफा २१९ को प्रदर्शन मिति तय गरिएको छ।बिहीबार फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मलाई असोज ३ गतेदेखि प्रदर्शनमा ल्याइने घोषणा गरिएको हो। सार्वजनिक फस्र्टलुकमा शीर्ष अभिनेता सुशीललाई मात्र प्रस्तुत गरिएको छ। एंग्री अवतारमा प्रस्तुत उनी मेसिनगन बोकेर उभिएका छन्।अमित अग्रहरी निर्माता रहेको फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरूङ, सोनी लागुनको अभिनय छ। विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रूपमा छन्।