अहिले सम्मको उच्च गर्मि धनगढिमा , गर्मिकै कारण एक जनाको मृत्यु

78Shares
अहिले सम्मको उच्च गर्मि धनगढिमा , गर्मिकै कारण एक जनाको मृत्यु

१७ जेठ कैलाली । कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ । बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका कैलाली जिल्लाका कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो ।ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए ।
उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए ।
पछिल्लो केही दिनदेखि बढेको अत्यधिक गर्मीले यहाँको जनजीवन कष्टकर बनेको छ । गर्मीसँगै तातो हावा लु चलेपछि जनजीवन कष्टकर बनेको हो ।बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी कैलालीमा हालसम्मकै उच्च तापमान मापन गरिएको छ ।महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाले पौने ३ बजे गरेको मापन अनुसार अधिकतम तापक्रम ४४ं.१ डिग्री सेल्सियस र न्यूनतम ३०.२ डिग्री सेल्सियस रहेको छ ।