१७ जेठ रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ की वडा सदस्यको मृत्यु भएको छ।
नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित ३५ वर्षीया सुपारी विश्वकर्माको निधन भएको हो।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले वडा सदस्य विश्वकर्माको बिहीबार बिहान २ बजेतिर रोल्पास्थित आफ्नै घरमा निधन भएको बताए ।गाउँपालिका अध्यक्ष पुनका अनुसार विश्वकर्मा पाठेघरको क्यान्सरबाट ग्रसित थिइन्। उनको चितवन, काठमाडौं लगायतमा उपचार गरिएको थियो।यसअघि गत वर्ष असार २७ गते यही वडाका वडाध्यक्ष टंक पुनको पनि मृत्यु भएको थियो। नेपाली कांग्रेसवाट निर्वाचित पुनको पनि निमोनियाका कारण मृत्यु भएको थियो।