सुर्खेतमा जिप दुर्घटना २ जनाको मृत्यु थप बिवरण आउन बाँकी

63Shares
सुर्खेतमा जिप दुर्घटना २ जनाको मृत्यु थप बिवरण आउन बाँकी

१७ जेठ सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुईजनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ । दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुयाइएको छ ।दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ ।