आर्थिक सुधारका योजनासहितको बजेट : अर्थमन्त्री पुन

765Shares
आर्थिक सुधारका योजनासहितको बजेट : अर्थमन्त्री पुन

१६ जेठ काठमाडौं। अर्थमन्त्री बर्षमान पुनले बजेट ल्याउदा आफू दबाबमा रहेको बताएका छन्।बुधबार बजेट बारे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले यस अघिका प्रक्षेपणहरु पुरा नहुँदा आफू बजेट बनाउनेक्रममा दबाबमा रहेको बताएका हुन्।उनले बजेट बारे जानकारी दिँदै युवाहरुलाई विदेश पठाउन रोक्न, देश भित्रका अवसर नखोजेर सजिलै विदेश जान खोज्ने प्रवृतिलाई रोक्न बजेटले प्रयास गरेको बताए।आफूहरु कुनै व्यक्ति वा नेताहरुको कमजोरीलाई भन्ने भन्दा पनि हाम्रो अर्थतन्त्रको समग्र स्वरूपलाई नै समीक्षा गरेर बजेट ल्याएको दाबि गरे।उनले हाम्रो छिमेकमा कस्तो अर्थतन्त्र निर्माण हुँदै छ र हाम्रो देश सुहाउँदो बजेट ल्याउने प्रयास गरेको बताए। उनले अब देशमा नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएको भन्दै आयोग नै गठन गरेर अगाडी जाने व्यवस्था गरेको बताए।