एका विहानै बर्दियामा वस दुर्घटना १३ जना घाइते

783Shares
एका विहानै बर्दियामा वस दुर्घटना १३ जना घाइते

दिलिप लम्साल
१६ जेठ बर्दिया । बर्दियामा रोकिराखेको ट्रकमा वस ठोकिदा १३ जना घाइते भएका छन ।
पुर्व पश्चिमराजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका ४ सैनवार चेक पोष्ट नजिकै विग्रीयर रोकिराखेको बा प ००३ -०१ ख १५२६ नम्वरको ट्रक संग पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ८ ख ३६६१ नम्वरको वस ठोकिदा वसमा सवार १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले जानकारी दिनु भयो । उहाका अनुसार ५ जना घाइतेलाई थप उपचारका लागी कोहलपुर लगिएको छ अन्य ८ जनाको स्थानिय मेडिकलमा उपचार भैरहेको छ ।