१५ जेठ, बर्दिया । बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टको ‘स्विमिङ पुलमा डुवेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालका अनुसार अन्य साथीहरु संग पौडि खेलिरहेको गुलरिया नगरपालिका ९ का १६ वर्षिय अरबिन्द यादवको मृत्यु भएको हो ।कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादव उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ