१५ जेठ, काठमाडौं । काठमाडौंको टुँडिखेल सैनिकमञ्चमा गणतन्त्रको अवसरमा विशेष समारोह आयोजना गरिएको छ । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रकै कारण रैती भएर युगौँदेखि हेपिएका वर्ग र समुदाय अहिले अधिकार र सम्मानका साथ बाँचिरहेको बताउनुभएको छ ।गणतन्त्र दिवसको अवसरमा आज टुडिँखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले युगान्तकारी परिवर्तनको फलस्वरूप अहिले उत्पीडित जाति, वर्ग र समुदायले अधिकार र सम्मानका साथ राज्यका विभिन्न निकायमा नेतृत्व पाएको बताउनुभयो ।