१५ जेठ दाङ । दाङको लमहीमा एकदिने टिमुर सम्मेलन सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा टिमुर सम्मेलन भएको हो ।सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले टिमुरलाई वैज्ञानीकरण गरेर जनताको जीवनस्तर बदल्न सकिने बताउनुभयो । क‘हामी अरुले गरेको विकासको प्रविधिलाई हेर्न, रमाउने र किनेर खाने बानी परेका छौं । हिजो स्वतस्फुर्तरुपमा जंगलमा उम्रेका टिमुरलाई वैज्ञानिकरण गर्न सम्मेलनले भूमिका खेल्नेछ’, सभामुख घर्तीले भन्नुभयो, ‘टिमुर खेतीलाई वैज्ञानिकरण गरी जनताको जीवनस्तरलाई बदल्न सकिन्छ । वस्तु विनिमयको समयमासमेत टिमुरको महत्व निकै रहेको भन्दै सभामुख घर्तीले यसलाई थप व्यवसायीकरण गर्न सरकारले आउने नीति तथा कार्यक्रममा टिमुरको विषय राख्नेमा विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले टिमुर खेतीलाई उच्च प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम निर्माण गर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका ६ वटा पहाडी जिल्लामा टिमुर खेतीको सम्भावना अत्यन्त राम्रो भएको बताउँदै मन्त्री आचार्यले उत्पादन गरेका किसानलाई राहत पुग्ने गरी सरकारले बजारीकरण गर्ने बताउनुभयो । मन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई टिम्मुरको हवका रुपमा विकास गरेर जनतालाई उत्पादनमा जोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।