१४ जेठ काठमान्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कावासोतीमा रहेको छिपछिपे सहकारीमा करिब १ करोड आर्थिक अनियमिता गरेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ ।सहकारी प्रकरणमा फरार सांसद बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशनराप्रपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभासद बिन्दु पौडेलका अनुसार सोमवार काठमाडौंमा सम्पन्न बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले बस्नेतलाई अदालतमा उपस्थित हुन निर्देशन दिएका हुन् ।छिपछिपे सहकारीको रकम बर्दियास्थित गीता बस्नेतको कृष्णसार रिर्सोटमा लगानी भएको र त्यसमा बस्नेतको संलग्नता देखिएको सन्दर्भमा अदालतमा उपस्थित भएर कानूनको पालना गर्न अध्यक्ष लिङ्देनले निदेशन दिएको सांसद पौडेलले जानकारी दिइन् ।अध्यक्ष लिङ्देनले देशभरिका सहकारी घोटला काण्डमा हुने छानविनमा सघाउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए ।अन्य सहकारीमा भएका घोटलाको छानविन हुनपर्ने माग राप्रपाले दोहोर्याएको छ । बस्नेत राप्रपाका तर्फबाट सघीय सांसद हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले करिब एक महिनाअघि पक्राउ पुर्जी जारी गरेपनि बस्नेत सम्पर्कमा आएकी छैनन् ।उनी फरार रहेको भन्दै प्रहरीले सरकारी वकिलको कार्यालय पूर्वी नवलपरासीमा बस्नेतलाई समेत बिपक्षी बनाएर मुद्दा बुझाएको छ ।