बर्दियाका मंगल चौधरीको चितवनमा मृत्यु

87Shares
बर्दियाका मंगल चौधरीको चितवनमा मृत्यु

१३ जेठ चितवन । चितवनस्थित मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खस्दा एक जनाको मृत्यु ।
पहिरोका कारण स्काभेटर चालक ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बर्दिया घर भएका चौधरी निर्माणाधीन ३ नम्बर पुलको स्काभेटर चालक हुन् ।पुल बनाउन पहाड काट्ने क्रममा काम गरिरहेको अवस्थामा ढुङ्गा सहितको पहिरो खस्दा स्काभेटर पुरिएको थियो । चौधरीलाई प्रहरीले उद्धार गरेर चितवन मेडिकल कलेजमा लागिएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।