१३ जेठ बर्दिया । नेपाल आइडलको टप ६ मा पुग्नका लागी बर्दियाका युवाले भोटको लागी आग्रह गरेका छन ।
बर्दियाको बारबर्दिया नगरपालिका निवासी करण परियारले आफु बर्दियाकै भएका कारण पनि बर्दियावासीको माया पाउनेमा आफु ढक्क रहेको बताउदै नेपाल आइडल टप ६ मा पुग्नको लागी भोट गरिदिन आग्रह गरेका छन । करण परियारलाई भोट गर्नका लागी एसएमएस मा ३७०००मा र ०३ टाइप गरी सेन्ड गर्न सकिने छ । साथै प्रभु पे र इ सेवाको प्रयोग पनि गर्न सकिने छ । विदेशबाट भोट गर्नका लागी मोमो एपको प्रयोग गर्न सकिने करण परियारले जनाएका छन । उनले लेखेका छन सास छउन्जेल आश भन्ने भनाई मलाई बडो सान्दर्भिक लागीरहेको छ । जिवन जस्तोसुकै अवस्थामा होस, आशा नै हो हामिलाई अगाडि हेर्न लगाउने । आफनो भविष्य आँखा सामुन्ने दर्शाउने । त्यसैले आशा भन्ने चिज ठुलो स्थानमा बसेको हुँदो रहेछ । आशा छ कि म राम्रो गायक बन्ने बाटोमा हिडन सकु । प्रयास त्यहि नै छ । अव नेपाल आइडलमा टप ६ मा पुग्नको लागी भोट गरिदिन आग्रह गरेको छन ।