गुजरातमा आगलागीमा परी २८ जनाको मृत्यु

84Shares
गुजरातमा आगलागीमा परी २८ जनाको मृत्यु

१३ जेठ दिल्ली ।भारत गुजरातको राजकोट शहरस्थित गेम जोन बालबालिका खेल्ने ठाउँमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा शनिबार अपरान्ह करिब ४ बजे लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ ।२५ जनालाई सुरक्षित बाहिर निकालिएको छ ।भारतीय सञ्चार माध्यमहरुले मृतकको पहिचान गर्न सकिने खालको नरहेको जनाएका छन् । ती शव पहिचानका लागि डीएनए टेस्ट गराउने तयारी छ ।प्रत्यक्षदर्शीका अनुसार गेम जोनमा केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । त्यसैले प्लाई र काठका टुक्रा यत्रतत्र छरिएका थिए । त्यही बेला एक्कासी आगो देखिएको थियो । यद्यपि आगलागीको कारण खुलेको छैन ।गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले घटनाको जाँच गर्न विशेष अनुसन्धान टोली गठन गरिएको जनाएका छन् । टीआरपी गेमजोनका म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।