कहाँ छन् जीबी राई ?

66Shares
कहाँ छन् जीबी राई ?

१२ जेठ काठमाडौं । सहकारी ठगीमा चर्चित पात्र गितेन्द्र राई जीबी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । जीबी पक्राउ पर्न नसकेपछि यसबारे सरकारमाथि निरन्तर प्रश्न उठिरहेको छ । सरकारमाथि प्रश्न उठेपनि जीबी पक्राउ किन परेनन् वा पर्न सकेनन् भन्ने विषयको गलफत्ति टुंगिएको छैन ।देशका विभिन्न क्षेत्रमा सहकारी खोलेर सर्वसाधारणको रकम अपचलन गरेको आरोप लागेका गितेन्द्रबाबु राई जीबीअन्तिम समय मलेसियामा छन वा अन्य देश गइसकेका छन ।मलेसियामा सरकारले उनको पक्राउको तयारी गरेपनि उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । यस्तोमा उनै जीबीलाई किन पक्राउ नगरेको भन्दै प्रश्न गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि अहिले यहि प्रश्न तेर्सिने गरेको छ ।

रास्वपाले सिंगो रुपमै जीबी राईलाई सरकारले किन पक्राउ गर्न सकेन भन्दै प्रश्न मात्रै गरेको देखिन्न थियो । कार्य सम्पादनमै प्रश्न उठाउने काम गरिएको थियो । तर, आफै तालुकदार निकायको नेतृत्वमा आएपछि सोहि प्रश्न रास्वपा र रवि माथि आउने गरेको छ । जीबीलाई अघिल्लो सरकारले भगाएको अभिव्यक्ति दिएका रवि लामिछानेलाई यो प्रश्नले पिरोलिरहेको छ ।तर, जीबी मलेसियाबाट देश सरेको खवरपछि भने प्रहरीलाई थप हैरानी आइलागेको छ । कास्की प्रहरीले जीबी राईको राहदानी रद्द गर्न माग गर्दै अदालत गुहा¥यो । अदालतले जीबीको राहदानी रद्द गर्न नमिल्ने आदेश दियो ।अदालतबाट पार नलागेपछि राहदानी विभाग पुगेको प्रहरी त्यहाँबाट पनि जीबीको राहदानी रद्द गराउन असफल बनेको छ । यसरी प्रहरीले कानून कार्यान्वयन गर्ने मामलामा फितलो निर्णय गर्न किन पुग्यो प्रश्न भने गम्भीर बनिरहेको छ ।