छालाजन्य वस्तुबाट झोला बनाउने सीपका लागी तालिम

762Shares
छालाजन्य वस्तुबाट झोला बनाउने सीपका लागी तालिम

११ जेठ रुपन्देही । छालाजन्य वस्तुबाट झोला बनाउने तालिम रुपन्देहीमा सुरु भएको छ ।पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजना तथा ग्लोबल ट्रेनिङको व्यवस्थापनमा १ महिने छालाजन्य वस्तुबाट झोला बनाउने तालिम रामग्राम नगरपालिका वडा नं १२ मा आजबाट सुरु भएको हो ।पर्यटन डिभिजन कार्यालय प्रमुख गीता आचार्यको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो । तालिमको उदघाटन गर्दै मन्त्री बस्नेतले तालिमका लागि तालिम भन्दा पनि कम्तिमा तालिम पछि व्यवसाय संचालन गर्न सकिने गरी सिक्न जोड दिनुभयो । तालिम पश्चात उद्यम गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो ।

पाशी, चमार, हरिजन, तेली, चिडिमार, नटुवा, सोनाहा तथा अन्य लोपोन्मुख जातिको परम्परागत पेशाको रुपमा रहेको छालाबाट सामाग्री आधुनिकीकरण र क्षमता विकास गर्नका तालिम आयोजना गरिएको डिभिजन प्रमुख गीता आचार्यको भनाई छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेलबासे क्षेत्री, रामग्राम नगर प्रमुख धनपत यादव, नगर उपप्रमुख सम्झना चौधरीले समेत तालिम , यसको उपयोगिता र सम्भावनाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।