९ जेठ काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारका अलोकतान्त्रिक कदमबारे पार्टीले प्रस्ट नीति लिनुपर्ने बताएका छन् । बुधवार सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा नेता महरले वर्तमान सरकारले जनताको हितमा काम नगरेको बताउनु भयो ।‘यो लोकतान्त्रिक पद्धति अनुरूप चलिरहेको छैन । त्यसकारण यो सरकारका प्रति पार्टीको बुझाइ प्रस्ट हुनुपर्छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि त अब छानबिन गर्ने मात्रै होइन, उनको राजीनामा ढिला भइसकेको उहाको भनाई थियो ।मङ्गलवार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सरकारले प्रतिसोध साँधेर धरपकड गरेको भन्दै महरले आपत्ति जनाउनु भएको छ । ‘हिजो जसरी प्रतिशोध साँध्ने गरी कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धरपकड गरिएको छ, यो सरकार लोकतान्त्रिक हुनै सक्दैन उहाको भनाई छ ।