८ जेठ काठमान्डौ । अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीका प्रमुख अभियोजक करिम खानले युद्ध अपराधमा इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका नेता याहया सिन्वारविरूद्ध पक्राउ पुर्जी जारी गर्न निवेदन दिएका छन्।अक्टोबर ७ मा इसराइलमाथि भएको हमला र त्यसपछि गजा क्षेत्रमा भएको हमलामा मानवताविरूद्धको अपराध र युद्ध अपराध गरेको भन्दै प्रमुख अभियोजक खानले नेदरल्याण्ड्सको हेगस्थित आइसिसीमा निवेदन दिएकोअन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ। खानले सोमबार यसबारे सिएनएनसँग अन्तर्वार्ता समेत दिएका छन्।इसराइलका रक्षामन्त्री याओभ गालान्ट, हमासका अन्य दुई उच्च पदस्थ नेता मोहम्मद दाइब इब्राहिम अल मस्री र इस्माइल हानियाविरूद्ध पनि पुर्जी जारी गर्न माग गरेको हो।यसरी परेको निवेदनमाथि आइसिसीकै न्यायाधीशहरूको इजलासले निर्णय गर्नेछ।खानका अनुसार सिन्वार, हानिया र अल(मस्रीविरूद्ध हत्या, बन्धक बनाएको, बलात्कार, बन्धक बनाइएकामाथि यौन हिंसा लगायतका आरोप छन्।