८ जेठ दाङ । नेकपा एमाले दाङको १४ औँ अधिवेशनबाट अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीसहित ११९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ।निर्वाचन मण्डलका संयोजक नरूलाल चौधरीले अध्यक्ष पदका आंकाक्षी धेरै देखिए पनि अन्तिममा सर्वसम्मत नेतृत्व चयन गरिएको घोषणा गरिएको बताए ।