७ जेठ बाँके । नेकपा एमालेको नवौं जिल्ला अधिवेशनबाट बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनु भएको छ ।
आज बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार गुरुङले डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।
गुरुङले २९१ मत प्राप्त गरेर विजयी हुँदा बिसीले १५४ मत पाए । पूर्वपत्रकार समेत रहेका बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ थियो ।