टीकापुरका तत्कालीन मालपोत र नापी प्रमुख सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

51Shares
टीकापुरका तत्कालीन मालपोत र नापी  प्रमुख सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

६ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली मालपोत कार्यालयका तत्कालीन प्रमुख मोहन स्नेही सराईली र नापी कार्यालय प्रमुख मान बहादुर चन्दसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।साबिक नारायणपुर ८ अन्तर्गतको कित्ता नं ९०८ को क्षेत्रफल १५०० जबि बिगाह जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।गैरकानुनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल, विमल बहादुर रावल को संयुक्त नाममा श्रेस्ता पुर्जा कायम गरी हक हस्तान्तरण गरेको र पछि उक्त जग्गाको दर्ता श्रेस्ता सम्बन्धी सम्पूर्ण कागजातहरू कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।अख्तियारले मालपोत र नापी प्रमुखसहित ८ जनाले २४ करोड ६ लाख ६९ हजार अनियमितता गरेको आरोप लागाउदै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।