बाँके लागूऔषध कारोबारको उच्च जोखिममा

60Shares
बाँके लागूऔषध कारोबारको उच्च जोखिममा

६ जेठ बाँके । बाँके जिल्ला लागूऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागूऔषधको तस्करी हुनुका साथै नेपालगञ्जबाट पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा आयोजना गरेको लागूऔषध दुव्र्यसनलगायत  कुलतको उच्च जोखिममा रहेका युवाको सचेतनासम्बन्धी अभिमुखीकरणमा उहाँले सो जानकारी दिनुभएको हो । नेपालबाट भारततर्फ गाँजा, अफिमलगायत लागूऔषध तस्करी भएको र औषधि पसल तथा फार्मेसीबाट चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि वितरणले लागूऔषधको जोखिम बढाएको उहाँले बताउनुभयो । ‘बाँकेको ६९ किलोमिटर भारतसँग सीमा जोडिएको छ ।सो अवसरमा सामाजिक विकासमन्त्री रत्न खत्रीले खुला सीमाबाट हुने लागूऔषधको कारोबार रोक्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । उहाँले लागूऔषधको कारोबार रोक्न विद्यालयस्तरमा सचेतना कार्यक्रम गरिने जानकारी दिनुभयो ।