भुमाफिया ले बनायो घरबार विहिन [भाग एक ]

789Shares
भुमाफिया ले बनायो घरबार  विहिन [भाग एक ]

दीपक शर्मा
५ जेठ बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिकामा २ करोड ४६ लाख रुपैया ठगी गरी एक व्यक्ति सम्पर्क विहिन भएका छन । बढैयाताल गाउँपालिका ८ सितलावजारका ५ जना जग्गा धनिको २ करोड ४६ लाख रुपैया ठगी बद्रिकुमार खडका फरार भएको पिडितहरुले बताउनु भएको छ । जग्गा खरिख गर्ने भन्ने उदेश्यले सो क्षेत्रमा आएका खडकाले एक जना दलालको माध्यमबाट स्थानियको जग्गा खरिद गरी केहि नगद समेत दिएका थिए । जग्गा बेचेका ५ जनालाई दिनुपर्ने  रकम २ करोड ४६ लाख तिन महिना भित्र उपलव्ध गराउने भनी विश्वास दिई जग्गा पास गरेका खडका अहिले सम्पर्क विहिन भएको र सो जग्गा खडकाले अर्को व्यक्तिलाई वेचेको देखिएको छ । पिडितहरुले बाँकी रकमका लागी पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएका खडकाले जग्गा अन्य व्यक्तिलाई बेचेको खुलेको हो । पिडितहरु आफुले पाउनु पर्ने रकम माग गर्दै अदालत गएको भएपनि अझै न्याय पाउन सकिरहेका छैनन ।