बर्दियामा नुहाउने क्रममा नहरमा डुबेर बालकको मृत्यु

60Shares
बर्दियामा नुहाउने क्रममा नहरमा डुबेर बालकको मृत्यु

४ जेठ बर्दिया । बबई नदीको नहरमा डुबेर बर्दियामा एक बालकको मृत्यु भएको छ ।बर्दियाको ठाकुरबाबा नगरपालिका ४ खैलारमा रहेको बबई नदीको नहरमा नुहाउने क्रममा स्थानीय १३ वर्षीय अनिस थारुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।नुहाउन गएका ६ जनामध्ये थारु नहरको पुलबाट हाम फाल्ने क्रममा बेपत्ता भएका थिए । उनको शव ५ं० मिटरको दुरीमा रहेको स्यावलिमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले बताउनु भयो ।