४ जेठ काठमान्डौ । नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयले निति अनुसन्धान प्रतिष्ठानमा प्रा.डा.लेखनाथ शर्मालाई कार्यकारी अध्यक्षको पदमा नियुक्ति गर्ने निर्णय गरेको छ । विहिवार मन्त्रीपरिषदको निर्णयले शर्मालाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।नीति अनुसन्धान प्रतिष्ठान नेपाल सरकारले स्थापना गरेको एक विशेषज्ञ समूह हो।यस प्रतिष्ठानले राष्ट्रद्वारा अख्तियार गर्नुपर्ने विभिन्न नीतिका सम्बन्धमा अध्ययन र अनुसन्धान गर्ने, मुलुकले कुनै खास विषयमा अपनाउनु पर्ने दीर्घकालीन, अल्पकालीन वा तत्कालीन नीति तथा सञ्चालन गर्नुपर्ने योजना, कार्यक्रम तथा अनुसन्धान गर्ने, सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनुपर्ने उपायका बारेमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने कार्य गर्दछ। निति अनसन्धान प्रतिष्ठानका सह प्रबन्धक एंव सूचना अधिकारी कृष्णप्रसाद विकका अनुसार १४ महिना देखि कार्यकारी अध्यक्षको पद रिक्त रहेको थियो । मन्त्रीपरिषदको निर्णय पछि अव सो पदमा प्रा.डा.लेखनाथ शर्मा आउनु लाग्नु भएको विकले नयाँ शिरालाई बताउनु भयो । मन्त्रीपरिषदको निर्णय पछि प्रधानमन्त्रीको पत्र बुझेपछि शर्माले आइतवार वा सोमवार पदभार गर्ने बताइएको छ । नव नियुक्त कार्यकारी अध्यक्ष प्रा.डा.लेखनाथ शर्माले आफनो जिम्मेवारीमा आएको काम सम्पन्न गर्नका लागी सवै संग समन्वय गरी अगाडि बढने नयाँ शिरा संगको कुराकानीमा बताउनु भयो । उहाका अनुसार आफु अहिले धनगढिमा रहेको काठमान्डौ पुगे लगत्तै पदभार पछि कामलाई अगाडि बढाउने बताउनु भयो ।