चट्याङबाट भारतको पश्चिम बंगालमा ११ जनाको मृत्यु

48Shares
चट्याङबाट भारतको पश्चिम बंगालमा ११ जनाको मृत्यु

४ जेठ काठमान्डौ । भारतको पश्चिम बंगालस्थित मालदामा बिहीबार चट्याङबाट ११ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य थुप्रै व्यक्ति घाइते भएको र उनीहरूको उपचार भइरहेको बीबीसीले जनाएको छ ।मालदाका जिल्ला अधिकारी नितिन सिंघानियाका अनुसार मृत्यु हुनेमा तीन नाबालक छन् ।पीडित परिवारलाई दुईरदुई लाख रुपैयाँ राहत दिइने जनाइएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उक्त घटनामा दुःख व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन् ।