राष्ट्र सेवक नर्स आफै अस्पतालमा छटपटाउदै

66Shares
राष्ट्र सेवक नर्स आफै अस्पतालमा छटपटाउदै

दीपक शर्मा

३ जेठ बर्दिया । दिनरातको पर्वाह नगरी विरामीको सेवामा खटिने नर्स आफै जिउनका लागी मृत्यु संग सघर्ष गरिरहेकी छिन । बर्दियाको गुलरिया नगरपालिका ४ निवासी ३१ वर्षिय हिमा कसेरा विगत ७ वर्ष देखि जटिल रोगले ग्रस्त रहेकी छिन । रोगको पहिचान भएपनि नेपालमा उपचार सम्भव नभएका कारण उपचारको लागी चिन जानु पर्ने बाध्यता भएको हुँदा सहयोगको अपिल गरेकी छिन । मधुवन नगरपालिका ढोढरी स्वास्थ्य चौकिमा कार्यरत कसेरालाई उपचारको लागी परिवारका सदस्यले काठमान्डौ , हुदै भारतका विभिन्न सहरमा उपचार गराउदा भएको घर जग्गा समेत विक्रि गरेका कारण थप उपचारका लागी आर्थिक समस्या भएको भन्दै नयाँ शिरा मार्फत सहयोगको लागी हातहरु फैलाएको बताइन । आफु फेरी सन्चो भएर स्वास्थ्य क्षेत्रमै लागेर विरामीको सेवा गर्ने चाहना रहेको कसेराको भनाई छ । यसै विच युवा नेता एंव  समाज सेवी गेहेन्द्र प्रसाद ढकालले उपचारको अभावमा स्वास्थ्यकर्मि नै छटपटाउनु पर्ने अवस्थाको अन्त्य गर्दै कसेराको उपचारको लागी सरकारले कुनै कमि राख्न नहुने बताउनु भयो । कसेरालाई सहयोग गर्ने महानुभावहरुले राष्ट्रिय वाणिज्य बैंकको खाता नं.४१८०१०००३२२१९०१० सहयोग गर्न सकिने छ । कसेरालाई मेडिकल भाषामा    prymary infertility with adenomyosis with grade iv endometriosis with right hydroureteronephrosis with sle  भएको बताइएको छ ।