पाकिस्तानले सबै सरकारी उद्योग निजीकरण गर्दै

765Shares
पाकिस्तानले सबै सरकारी उद्योग निजीकरण गर्दै

३ जेठ काठमान्डौ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले सरकारी लगानीका सबै उद्योग तथा संस्थानहरू निजीकरण गर्ने भएको हो। यसमा नोक्सानमा रहेको पाकिस्तान अन्तर्राष्ट्रिय विमानस्थल समेत छ।पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले सुरूमा नोक्सानमा रहेका कम्पनीहरू निजीकरणमा लैजाने बताएका छन्।एक दिनअघि मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग दीर्घकालीन विस्तारित ऋण सुविधाको मागमा छलफल गरेको पाकिस्तानले यस्तो निर्णय गरेको हो।स्थानीय सञ्चारमाध्यमहरूका अनुसार नोक्सानमा रहेका संस्थाहरू निजीकरण सम्बन्धमा भएको बैठकमा प्रधानमन्त्री सरिफले यस्तो बताएका हुन्।त्यहाँको जिओ न्युज रिपोर्टले प्रधानमन्त्रीलाई उद्धृत गर्दै लेखेको छ, सरकारले रणनीतिक रूपमा लगानी गरेका बाहेक नाफामा रहेका वा नोक्सानमा रहेका सबै संस्थानहरू निजीकरण गर्नेछ।