१ जेठ, काठमाडौं । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ ।मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपराह्न वर्षा र तुफानसँगै खसेको थियो ।समाचार एजेन्सी एएनआईले घटनामा परी १४ जनाको मृत्यु भएको र ७४ जनालाई जीवितै उद्धार गरिएको जनाएको छ ७०\५० मिटर ठूलो यो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो । त्यहाँ हुरीबतास र वर्षाका कारण मानिसहरु ओत लागेका थिए । घटनास्थलमा गएराति अबेरसम्म उद्धारकार्य जारी थियो ।