करेन्ट लागेर प्युठानका २ जनाको मृत्यु

69Shares
करेन्ट लागेर प्युठानका २ जनाको मृत्यु

३१ बैशाख प्युठान । करेन्ट लागेर प्युठानका २ जनाको मृत्यु भएको छ ।प्युठान, नौबहिनी गाउँपालिका ६ निउरा बस्ने २८ वर्षीय सन्तोष दमाइको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै खेत जोत्ने क्रममा बिजुलीको पोललाई अड्याउनको लागि गाडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।दाङ, घोराही उपमहानगरपालिका ३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा करेन्ट लागेर प्युठान माण्डबी गाउँपालिका २ तिराम बस्ने २४ वर्षीय श्याम नेपालीको आइतबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।