३१ बैशाख काठमान्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेको बताइएको छ ।पक्राउ पर्नेमा ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहन कुमार रहेका छन् । फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका उनीहरुलाई भन्सार पाए भएर बाहिर निस्किएपछि विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।सुरेशले लगाएको पाइन्ट, टिसर्ट र पेन्टीमा लेपन गरिएको २ किलो ६ सय ग्राम र मोहनको पेन्टी र पाइन्टमा लेपन गरिएको २ किलो ५ सय ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।सुन तस्करीमा नेपालीको पनि संग्लनता हुनसक्ने विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।