३० बैशाख बाँके । मोटरसाइकल चोरी गरेको आरोपमा बाँकेमा चारजना पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।पक्राउ पर्नेहरूमा बर्दियाको बढैयाताल गाउँपालिका २ का निर्मल सुनार, गुलरिया नगरपालिका ६ का मनोज रावल, खजुरा गाउँपालिका ७ का टुइन्क लष्टर श्रीवास्तव र सोही ठाउँका लक्ष्मण हरिजन छन्।उनीहरूमध्ये निर्मल मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ परेका थिए।वैशाख २४ गते नेपालगंज उपमहानगरपालिका– १८ विशालनगरबाट भे १० प ५९९५ नम्बरको मोटरसाइकल चोरी गर्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।मनोज भने चोरी भएको भे ३ प ६०८ नम्बरको मोटरसाइकलमा चढेर हिँडिरहेको अवस्थामा पक्राउ परेका थिए।शुक्रबार बिहान ४ बजे बाँकेको जानकी गाउँपालिका– ४ बाट भे १ प ३४४७ नम्बरको मोटरसाइकल चोरी भएको थियो।श्रीवास्तव र लक्ष्मण उक्त मोटरसाइकललाई लु ३४ प ७७७ नम्बरको मोटरसाइकलबाट तानेर लैजाँदै गरेको अवस्थामा पक्राउ परेका थिए।