लामो समय देखि अटो भाडा नदिएको झोकमा बन्चरो प्रहारबाट दाङमा दुई महिलाको हत्या

69Shares
लामो समय देखि अटो भाडा नदिएको झोकमा  बन्चरो प्रहारबाट दाङमा  दुई महिलाको हत्या

३० बैशाख दाङ । दाङमा बन्चरो प्रहार गरी दुई जना महिलाको हत्या गरिएको प्रहरीले जनाएको छ ।
दाङ घोराही उपमहानगरपालिका १० पहेलपारमा शनिबार अपराह्न एक अटो चालकले बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरेका छन् ।अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही १७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर भई हाल घोराही १० पहेलपार बस्ने ४४ वर्षीया संगीता सुनार र रूकुम घर भई पहेलपार बस्ने ५० वर्षीया जुपली बुढाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले बताए ।घर्तीले सधैंजसो दुई महिलालाई अटोमा बजारबाट घर छोड्ने गरेको र शनिबार पनि घर छोडेको केहीबेरमा विवाद भएपछि बन्चरो प्रहार गरी घरमै हत्या गरेको केसीले बताए । हत्यापछि घर्ती अटो छोडेर भागेका थिए ।केसीका अनुसार घर्तीले प्रारम्भिक बयानमा दुई महिलाले लामो समयदेखि अटोमा चढेर पैसा नदिएपछि आक्रोशित भएर हत्या गरेको बताएका छन् ।