नेपाल भारत सीमा नाका तीन दिन बन्द

60Shares
नेपाल भारत सीमा नाका तीन दिन बन्द

२९ बैशाख बर्दिया । भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका लागी बाँके, बर्दिया लगायतका क्ष्ँोत्रका सीमा नाका बन्द गरिएको छ ।लोकसभा निर्वाचनका लागी सुरक्षा निकायको बैठकले तिन दिन भारत नेपाल आवत जावतमा रोक लगाएको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले शुक्रवार राति देखि निर्वाचनको समय अवधि सम्म सीमा नाका बन्द गरिएको नयाँ शिरालाई बताउनु भयो । यसै गरी बाँकेको नेपाल–भारत जमुनाहा नाका पनी तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको छ ।