सिंहदरवार घेर्ने नेपाल नगरपालिका संघका अध्यक्षको चेतावनी

36Shares
सिंहदरवार घेर्ने नेपाल नगरपालिका संघका अध्यक्षको चेतावनी

२८ बैशाख काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले सिंहदरवार घेर्ने चेतवनी दिनु भएको छ ।रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कारमा बोल्दै उहाले स्थानिय सरकारलाई दिने समानीकरण अनुदान निकास नभए सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।सम्झौता भईसकेका आयोजनाहरु अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताउनुभयो ।निलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका ढुंगानाले प्रधानमन्त्री पुुष्प कमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघको तर्फबाट पटक पटक रकम निकासाका लागि आग्रह गरेको बताउनुभयो ।