२७ बैशाख बर्दिया । ऋण असुलीका नाममा आत्महत्या गर्न बाध्य पार्ने एभरेष्ट र ज्योति विकास बैंकका कर्मचारीलाई कारवाहीको माग गरिएको छ ।उद्योग बाणिज्य संघ लगायतका मृतकका आफन्तले आत्महत्या गर्न बाध्य पार्ने एभरेष्ट बैक र ज्योति विकास बैकका कर्मचारीलाई कारवाहिको माग गरिएको हो ।वैशाख २५ गतेकादिन राजापुर नगरपालिका वडा न १ वस्ने व्यवशायि तथा निवर्तमान वडा अध्यक्ष खुसिराम चौधरीलाइ राजापुरमा रहेको एभरेष्ट बैंकका ऋण अधिकृत मनोज अर्याल तथा ज्योतिविकाश बैंकका कर्मचारीले दिएको मानसिक यातना तथा दैनिकी धम्कीका कारण आत्महत्या गर्न बाध्य बनाएको भनि सामाजिक सञ्जालमा प्रत्यक्ष वोलेको भिडियो पोष्ट गरी आत्महत्या गरेका थिए ।मृतक खुसिराम चौधरीलाइ ऋण असुलिका नाममा आत्महत्या गर्न वाध्यपार्ने एभरेष्ट बैंक शाखा कार्यालय राजापुरकाऋण अधिकृत मनोज अर्याल लगायत बैंकका कर्मचारी र ज्योतिबिकाश बैंकका कर्मचारीलाइ तत्काल कानुनि र्कावाहि गर्न माग गरिएको छ ।