लखनउविरुद्ध हैदराबादको सहज जित

753Shares
लखनउविरुद्ध हैदराबादको सहज जित

२७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले पराजित गरेको छ ।बुधबार राति भएको खेलमा लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो ।हैदराबादको घरेलु मैदानमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो ।यो जितसँगै हैदराबाद १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । लखनउ छैटौं स्थानमा छ ।