युक्रेनका राष्ट्रपतिको हत्या योजना असफल सेनाका दुई कर्णेल पक्राउ

75Shares
युक्रेनका राष्ट्रपतिको हत्या योजना असफल सेनाका दुई कर्णेल पक्राउ

२६ बैशाख काठमान्डौ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ।युक्रेनको राज्य सुरक्षा सेवा एसबीयूले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिएको छ। रुसलाई गोप्य जानकारी चुहाएको आरोप उनीहरूमाथि लगाइएको छ।एसबीयूले रूसको राज्य सुरक्षा सेवासँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको फर्दफास भएको बताउदै उनीहरुले जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताएको छ।