लुम्बिनीमा आगलागीका कारण बैशाख महिनामा ५ जनाको मृत्यु , ४२१ घटना

51Shares
लुम्बिनीमा आगलागीका कारण बैशाख महिनामा ५ जनाको मृत्यु , ४२१ घटना

 

२६ बैशाख बाँके । लुम्बिनी प्रदेशका १२ जिल्लामा वैशाख महिनामा मात्रै ४२१ आगलागी तथा वन डढेलोका घटना घटेका छन् । यी विपद् घट्नाबाट ५ जनाको मृत्यु, १७ जना घाइते, ४१३ बटा घर क्षति भएका छन् ।लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै उक्त घटनामा ३६४ घरमा पूर्ण क्षति, ४१ घरमा आंशिक क्षति भएको, ३६० वटा गोठ क्षति भएको वैशाख महिनामा मात्रै ४५८ वटा पशु चौपायाको क्षति भएको जनाएको छ । मन्त्रालयका सचिव लालबाबु कवारीले आगलागी तथा वन डढेलोबाट प्रभावित परिवारलाई प्रदेश सरकारबाट त्रिपाल, टेन्ट र पिफर्म उपलब्ध गराइएको बताएका छन् ।मानिसहरूमा वन डढेलो सम्बन्धी गलत बुझाइ र अवधारणाका कारण पनि पछिल्ला वर्षमा वन डढेलोका प्रकोपहरू बढ्दै गएको निष्कर्षमा मन्त्रालय पुगेको छ । आगलागी तथा बन डढेलो प्रकोप नियन्त्रण गर्न पर्याप्त आधुनिक उपकरण औजारको कमी साथै दक्ष जनशक्तिको अभावले गर्दा समयमै नियन्त्रणमा लिन कठिन भएको मन्त्रालयले जनाएको छ ।