सल्यानमा चट्याङबाट आधा दर्जन पशु चौपाया मारिदा रोल्पामा हावाहुरीले दर्जनौ घर उडायो

66Shares
सल्यानमा चट्याङबाट आधा दर्जन पशु चौपाया मारिदा रोल्पामा हावाहुरीले दर्जनौ घर उडायो

२६ बैशाख सल्यान । सल्यानमा चट्याङबाट आधा दर्जन पशु चौपाया मरेका छन्। भने रोल्पामा आएको हावाहुरीका कारण दजैनौ घर भत्किएका छन ।मंगलबार राति १० बजेतिर सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–५ स्थित स्थानीय किसान लालवीर पुनको गोठमा परेको चट्याङ लागेर आधा दर्जन पशु चौपाया मरेका हुन्।सल्यानका प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार चट्याङबाट चार बाख्रा, दुई गाई र एउटा गोरु मरेको छन्।उता रोल्पामा हावाहुरीका कारण एक दर्जन घरमा क्षति पुगेको छ।रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार थवाङमा हावाहुरीका कारण एक दर्जन घरमा क्षति पुगेको छ।हावाहुरीका कारण थवाङमा जस्ता पाताले छाएका १२ वटा घरको छाना उडाएको डिएसपी लामाले जानकारी दिए।