नेपाललाई १७३ रनको लक्ष्य

90Shares
नेपाललाई १७३ रनको लक्ष्य

२२ बैशाख काठमान्डौ । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।वेस्ट इन्डिजले ३–१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो ।टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।