२२ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई २४ रनले पराजित गरेको हो ।कोलकोताले दिएको १७० रनको लक्ष्य पछाएको मुम्बईले १८.५ ओभरमा १४५ रन बनाएर अल आउट भएपछि खेल कोलकोताले २४ रनले जितेको थियो ।यो कोलोताको यस सिजनमा सातौं जित हो । १० खेलमा ७ जित र ३ हारसहित कोलकोताको १४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ ।त्यस्तै मुम्बईको भने यो यस सिजनमा आठौँ हार हो । ११ खेलमा केवल ३ खेल जितेको मुम्बईको ६ अंक रहेको छ र प्लेअफको दौडबाट बाहिरिएको छ ।