कोठामा लुकाइ राखेको लागूऔषध बरामद ६ जना पक्राउ

762Shares
कोठामा लुकाइ राखेको लागूऔषध बरामद ६ जना पक्राउ

२१ बैशख कैलाली । कैलालीको धनगढीबाट प्रहरीले लागूऔषध बरामद गरेको छ साथमा ६ जनालाई पक्राउ गरिएको पनि जनाएको छ ।धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका १८ वर्षीय विकाश नेपालीको घरबाट लागूऔषध बरामद गरिएको हो ।गोप्य सूचनाको आधारमा प्रहरीले उनी सुत्ने कोठामा चेकजाँच गर्दा ३ ग्राम ८२० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरिएको जनाएका छ ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपलिका ३ चटकपुरका १९ वर्षीय प्रबिण खड्का २१ वर्षीइ लक्ष्मी प्रशाद जोशी धनगढी उपमहानगरपलिका २ का २३ वर्षीय चेतन पनेरु धनगढी उपमहानगरपलिका ४ का पारस खड्का र डोटीको जोरायल गाउँपालिका १ का २२ वर्षीय बिक्रम पातली रहेका छन ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।