उप सचिव बाहेक सवै शालिकराम अधिकारीको टिम विजयी

63Shares
उप सचिव बाहेक सवै शालिकराम अधिकारीको टिम विजयी

दीपककुमार शर्मा

२० बैशाख बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी निर्वाचित भएका छन ।
नेकपा एमालेको १० औं जिल्ला अधिबेशनबाट निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठलाई पराजित गर्दै सालिकराम अधिकारी निर्वाचित हुनुभएको हो । उहाले १ सय ८० मत ल्यायर बिजयी हुनु भएको छ भने लालबहादुर श्रेष्ठले १ सय ७० मत प्राप्त गर्नु भएको थियो । यसै गरी उपाध्यक्षमा कृष्ण गौतमलाई २० मतको अन्तरले हराउदै दुर्गाबहादुर ओली विजयी हुनु भएको छ । सचिवमा नैनबहादुर खत्रीलाई ८ मतले हराउनै पदम ढकाल निर्वाचित हुनु भएको छ । उप सचिवमा जिवन शाहिलाई २० मतले हराउदै लहानु थारु विजयी हुनु भएको छ ।उप सचिव महिलामा ३६ मतको अन्तरले मञ्जु शर्मालाई हराउदै संगीता थारु विजयी हुनु भएको छ । अन्य सदस्य पदको मतगणना जारी रहेको छ । लालबहादुर श्रेष्ठको टिमबाट लडेका उप सचिव लहानु थारुले मात्रै जित निकाल्दा  अन्य विजयी उम्मेदवारहरु शालिकराम अधिकारीको टिम बाट लडेका  निर्वाचित  हुनु भएको हो ।